काठमाडौं । धादिङमा श्रीमतीको हत्या गरी सामुदायिक वनान शव फालेको आरोपमा एक पुरुष पक्राउ परेको छ ।
धुनीबेसी नगरपालिका–२ निवासी रामचन्द्र बलयकोटीले २१ वर्षीया श्रीमती पवित्राको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो । उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बताएकाे छ।