धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त



काठमाडौं । धार्मिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपमा गत हप्ता पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त भएका छन् ।उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार छुटेका हुन् ।

राष्ट्र,राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले गरको आन्दोलाका क्रममा गौशाला क्षेत्रबाट प्रहरीले आचार्य श्रीनिवासलगायत दर्जनौंलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमध्ये अधिकांश छुटिसकेका छन् । आचार्य श्रीनिवास र सन्तोष राजावादी आज छुटेका हुन् ।


श्रीनिवास धरौटीमा छुटे पनि उनीविरुद्धको मुद्दा भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलिरहेको प्रहरीको भनाइ छ ।