धनगढी । कैलालीमा आफ्नै छोरीलाई बलात्कार प्रयास गर्ने बाबु जेल चलान भएका छन् । जेल चलान हुनेमा पूर्वप्रहरी हुन् । बाबुले बलात्कार प्रयास गरेको भन्दै २२ वर्षीया छोरीले उजुरी दिएकी थिइन्।
त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो । मंगलबार अदालतले उनलाई पुर्पक्षका कारागार जेल चलान गर्ने आदेश दिएको सरकार वकिलको कार्यालयले जनाएको छ । काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढीमा धर आएकी थिइन्। घर आएकी छोरीलाई बाबुले बलात्कार प्रयास गरेका थिए।