गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, तस्बिरमा



काठमाडौं । आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनीहरुले हरेक वर्षको पुस १५ गते तमु ल्होसार मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा सांस्कृतिक झाँकी निकालिएको छ ।


तस्बिर : कृष्ण न्यौपाने/रासस