एकीकृत समाजवादीले सार्‍यो सचिवालय बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीको ७०औँ सचिवालय बैठक सरेको छ । यसअघि बिहीबार र शुक्रबार तय गरिएको बैठक पुस २ र ३ गतेलाई सारिएको हो ।

एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो । पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो ।


कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसाल देशबाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । उनका अनुसार एकीकृत समाजवादीले महाधिवेशनको समेत तयारी गरिरहेको छ । एकीकृत समाजवादीले आगामी जेठ ३ देखि महाधिवेशन गर्दैछन् ।