काठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् ।
कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् ।
शुक्रबार राति १२ बजेसम्म उक्त संख्यामा अनलाइनमार्फत आवेदन दिएको नेपालस्थित कोरिया शाखाले जनाएको छ ।
कोरियाले उत्पादनमूलकका लागि १५ हजार ४४८ जना श्रमिकका लागि आवेदन माग गरेको छ ।
पुस २ गतेदेखि ६ गतेसम्म आवेदन फाराम भर्ने समय दिइएको थियो ।