अख्तियारद्वारा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अधिकृतविरुद्ध मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बस्नेतले भारतबाट जारी भएको मावि तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको उजुरीको आधारमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।