सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ मंसिर २७ गतेदेखि



काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ  मंसिर २७ गतेदेखि गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस ६ जनाको सुनुवाइ मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने निर्णय गरेको हो ।


समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्ति उपर उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा ९ वटा उजुरी परेको छ ।

न्यायपरिषदको मंसिर ५ मा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।