सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश आउने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा दुबै पक्षका वकिल तथा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् ।


यो मुद्दामा आजै आदेश आउने जनाइएको छ । क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको छ ।