काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।
बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।