शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उच्च अदालत पाटनले शुक्रबार उनी आफैंले कसुर इन्कार गरेको र नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रत्यक्ष संलग्न भएको पुष्टि नभएको उच्च अदालतको आदेश छ।

उनमा मानसिक समस्या समेत देखिएको साथै उमेरले समेत ७६ वर्ष पुगेको र आफैं शरणार्थी भएकाले अन्य देशमा भागिजाने अवस्था समेत नदेखिएकाले जिल्ला अदालत काठमाडौंको फैसला बदर गरिएको आदेशमा उल्लेख छ।