विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्छौँ : प्रधानमन्त्री 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गरेका उनले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिको नियुक्ति गर्ने बताए । 


बजेट निर्माण प्रकृयालाई पनि परिवर्तन गर्ने उनको भनाई छ । देशवासीलाई सम्बोधन गरेका उनले बजेटलाई प्रभावकारी बनाउन फागुनमा नै पेश गर्ने गरी तयारी गरिएको बताए ।