विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ विराटनगर मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।
उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसन नजिक आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।
६ जना युवाको समूहले आफूमाथि गोली प्रहार गरेको उनले बताए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । यसले घटनाका विषय अनुसन्धान भइरहेको बताएका छन् ।