लुम्बिनी प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए शपथ



लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। 

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई  शपथ ग्रहण गराएका हुन्।  


केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।