काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वयको शपथग्रहण हुँदैछ ।
आज (आइतबार) मन्त्री कृष्ण केसी र सरोज थापाको शपथग्रहण हुने भएको हो ।
केसी नेकपा (माओवादी केन्द्र) र थापा नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका छन् ।
हिजो (शनिबार) मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।