लागूऔषध कारोबारीलाई समात्न प्रहरीले झम्सिखेलमा गोली चलायो



काठमाडौं । ललितपुरको झम्सिखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको  हाे ।


प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ ।  उनको साथबाट प्रहरीले कटुवा पेस्तोल, दुइटा गोली र लागूऔषध (एम्फेटामाइन) पनि बरामद गरेको छ । 

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।