काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेका विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ ।
पार्टीले सञ्चालन गर्ने आन्दोलन, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली, २०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत विभिन्न विषयमा पनि छलफल हुने पार्टीका नेता मोहन बहादुर श्रेष्ठले बताएका छन्।