राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान



काठमाडौँ । राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन आज बिहान हङकङ प्रस्थान गरेका छन्। 

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्। 


उनले  त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया  कार्यक्रममा सहभागी हुने बताइएको छ ।

अध्यक्ष लिङ्देनको भ्रमणदलमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाज (पानस) आइसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी छन्।