यस्ता छन् मन्त्रिपरिषद बैठकका २३ निर्णय



काठमाडौं । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिने ६ जनाको नागरिकता रद्द गरेको छ । शुक्रबार पुस ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झुठा विवरण पेश गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको जानकारी दिइन् । दुई दिनको बैठककले विभिन्न २३ वटा निर्णय गरेको छ ।