मन्त्रीहरुलाई प्रधानमन्त्रीको चेतावनी- काम गर्न नसके पद छोड्नुस् !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके आफूसहित मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।

मंगलबार सरकारको एक बर्षे कार्यकाल पुरा भएको अवसरमा देसबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादन कमजोर हुदा हुदै आफूसहित मन्त्रीहरु पदमा बसिरहने सुबिधा नरहेको बताएका हुन् ।


उनले भने- ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’