मधेस प्रदेशसभा : रिक्त दुई विषयगत समितिमा सभापति चयन



जनकपुरधाम ।  मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेशसभाको बिहिबारको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरुपमा चयन गरिएको हो । 

मधेश प्रदेशसभामा रहेका सातवटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शङ्करप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् ।