बिपी राजमार्गबाट १६ टन प्याज बरामद



काभ्रे । काभ्रेपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । 

बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।


उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो ।