काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।
उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाडलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।
अब तेस्रो न्यायाधीश समक्ष खाणको मुद्दा पेस गरिने उच्च अदालत पाटनले जनाएको छ । सोही मुद्दामा खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने धरौटीमा छोड्ने आदेश गरिएको छ । उनलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको हो ।