बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारी क्षेत्रमा आफ्नो गाडीमा भएको आगजनी र मान्छेको ज्यान जानु र घाइतेसम्म भएको भन्दै दुःख व्यक्त गरेका हुन् ।


उनले बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसँगको कुनै सरोकार समेत नरहेको जिकिर गरे । मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताए ।

घटनाका सम्बन्धमा आफू धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केही नरहेको उनको भनाइ छ ।