बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन



वीरेन्द्रनगर । बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको हो । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।


हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत गरेका छन् ।

उनीहरुले राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन् । आन्दोलनमा सहभागी युवाहरुले गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।