बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय



काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई युवकका परिवारलाई दश दश लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


त्यस्तै बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ । बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।