बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला



जानकी (बाँके)। बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । 

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 


खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ ।

निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बताइएको छ ।