बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपलाई कति वर्ष जेल सजाय हुन्छ ?  



काठमाडौं । जिल्ला अदालत काठमाडौँले सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई  दोषी ठहर गरेको हो । 

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका हुन् । यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुने छ ।


लामिछानेको जेल सजय भने निर्धारण भइसकेको छैन । न्यायाधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।