प्रहरी हिरासतमा एकजनाको मृत्यु भएपछि धनुषामा तनाव



जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ। प्रहरीले नियन्त्रणमा लिएका दीपनारायण मण्डलको मृत्युपछि अवस्था तनावपूर्ण भएको हो ।

परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ ।


त्यसपछि आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्।