काठमाडौं । पोर्चुगलको राजदूतमा सिफारिस भएका सनिल नेपाल अनुमोदित भएका छन् ।
शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूतमा सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।
राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
नेपाललाई गत कार्तिक ५ गतेको मन्त्रिपरिषद्को बैठकले राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सनिल पोर्चुगलमा राजदूत बनेर जाने पहिलो नेपाली हुन् ।