काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा पहिलो कल सक्रियता उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा (नि: शुल्क स्रोत) थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।
नयाँ सिममा थप सुविधा
९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिम कार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुनेछ ।
कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।
नयाँ सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुनेछ ।