नेपाल एयरलाइन्सको ग्राउन्ड ह्याण्डलिङ अधिकार खोसियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको छ । यससँगै नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पाएको एकाधिकार खोसिएको हो ।


प्रतिस्पर्धामार्फत छनोट हुन नसकेपछि नेपाल एयरलाइन्सको आम्दानीको ‘लाइफलाइन मानिएको सेवा अब बन्द हुने भएको छ । हालसम्म विना प्रतिस्पर्धा नेपाल एयरलाइन्सले यो सेवा लिँदै आएको थियो ।