नेपालबाट बाहिरिने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाइयो



काठमाडौं । एनसेलको शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा गरेको मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको हो । आजियाटाको निर्णयविरुद्ध गोकुलबहादुर रोकायले दायर गरेको रिटमा सुनुवाई गर्दै अधिकारीको एकल इजलासले सो आदेश जारी गरेको हो ।


साथै अन्तरिम आदेश दिने÷नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।