काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरेको छ । नेपाल वायु सेवा निगमले बुधबार सूचना प्रकाशित गरी जहाज बिक्रीका लागि टेण्डर आह्वान गरेको हो ।
मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या आएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो । सूचनामा फेब्रुअरी ४ सम्ममा निगमको कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ।
२०६९ सालमा सरकारले दुर्गम क्षेत्रमा उडान गर्न ६ वटा जहाज चीनबाट ल्याएको थियो । तर ती जहाजमा समस्या अएपछि ग्राउण्डेड अवस्थामा छन् ।