बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर



काठमाडौं । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान लामिछानेलाई दोषी ठहर गरेको हो । सुनुवाइ गर्दै ढकालको इजलासले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।


२०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन्।

पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।