नक्कली नोटसहित काँडाघारीबाट एक महिला पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको काँडाघारीबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट १ हजारको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरीकी ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।


नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।