दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या आरोपमा ३ जना पक्राउ



दाङ। दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए । सुरुङभित्र केसीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।


प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको बताइएको छ । यद्यपी प्रहरीले पक्राउ पर्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन ।