हैदाराबाद । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
डीएमडीके पार्टीका संस्थापक विजयकान्त (७१) चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यहीँ उनले अन्तिम सास फेरे । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण
गरिन्छ ।
अभिनेता विजयकान्तले २००५ मा देसिया मुरपोक्कु द्रविड कझगम पार्टी गठन गरेका थिए । डीएमडीके २०११ देखि २०१६ सम्म तमिलनाडुमा मुख्य विपक्षी दल थियो र विजयकान्त विधानसभामा विपक्षी नेता थिए ।
सन २००५ मा विजयकान्तको पार्टी डीएमडीकेले तमिलनाडुका सबै २३४ सीटहरूमा चुनाव लडेको थियो। तर विजयकान्त एक्लै चुनाव जित्न सफल भए। बाँकी सबै सिटमा उनको पार्टीका उम्मेदवारले पराजय भोग्नुपरेको थियो । तर, उनको पार्टीले यस निर्वाचनमा ८.३८ प्रतिशत मत पाएको थियो ।
सन २०११ मा, विजयकान्तको पार्टीले ४१ सीटमा चुनाव लडे र २९ सिट जित्यो। यस चुनावमा जयललिताको पार्टी (एआईएडीएमके) पछि विजयकान्त विपक्षी नेता बने पछि डीएमडीके दोस्रो पार्टीको रूपमा उभिएको थियो। तर, त्यसपछि उनको पार्टीले २०१६ र २०२१ को विधानसभा चुनावमा एउटा सिट पनि जित्न सकेन ।