दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो



काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।


भारतले दिएको २९७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका ४५.५ ओभरमा अल आउट हुदै २१८ रन मात्र बनाएपछि खेल भारतले ७८ रनले जितेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै २९६ रन बनाएको थियो ।

यस खेलमा शतक बनाएका भारतका संजु सामसन खेलको प्लेयर अफ द म्याच बनेका थिए भने तीन खेलमा १० विकेट लिएका भारतका बलत अर्शदीप सिंह प्लेयर अफ द सिरिज बनेका थिए ।