चीनको बेइजिङमा दुई सातायता तापक्रम शून्य डिग्रीभन्दा कम



बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो भएको छ ।

कयौं दिनको शीतलहर र हिमपातपछि आइतबारमात्रै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि पुगेको समाचार संस्था सिएनएनले जनाएको छ ।


बेइजिङको नानजियाओ मौसम केन्द्रले मापन गरेअनुसार पछिल्लो समय तापक्रम शून्य डिग्री सेल्सिय भन्दा कम थियो। गत डिसेम्बर ११ मा यस वर्षको तापक्रम शून्य डिग्रीभन्दा मुनी पुगेको थियो ।

तर त्यसयता आइतबारमात्रै उक्त रेखाबाट तापक्रम माथि उठेको हो । ‘डिसेम्बर ११ मा यस वर्ष पहिलो पटक तापक्रम शून्य डिग्रीभन्दा तल झरेकोमा ३०० घण्टाभन्दा बढी समय तापक्रम त्यो रेखा मुनि नै थियो,’ स्थानीय समाचारलाई उदृत गर्दै सिएनएनले लेखेको छ ।

अत्यधिक चिसोका कारण बेइजिङको मेट्रोमा समेत समस्या आएको छ । हेनान प्रान्तमा कतिपय सिस्टममा समस्या समेत देखिएको थियो । अत्याधिक चिसो भएपछि न्यानो बनाउने जियाओजुओ शहरमा रहेको वाङफाङ पावर प्लान्टमा पनि समस्या आएको थियो ।

पुयाङ र पिङदिङशानले पनि कतिपय सरकारी भवन र राज्य सञ्चालित कम्पनीहरूमा ‘हिटिङ’ गर्न रोकिएको छ । अस्पताल, विद्यालय र आवासीय क्षेत्रका भवनहरूमा हिटिङ गर्न थालिएको हो ।