गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने इजरायलको निर्णय



एजेन्सी । इजरायलले गाजामा पुर्नवास कार्यक्रम सञ्चालन गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनर्निर्माण गरि गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका हुन् ।

गाजाको पुनर्निर्माणका लागि इजरायली मन्त्रिपरिषदले ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ । योजना अन्तर्गत, गाजामा २०२४ देखि २०२८ सम्म पुनर्वास कार्यक्रम सञ्चालन गरिनेछ ।


प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘तेकुमा प्राधिकरण’ स्थापना गरिने बताएका छन् । तेकुमा हिब्रु शब्द हो जसको अर्थ पुनरुत्थान हो ।

नेतान्याहुले इजरायलले सहर र ग्रामीण समुदायको फस्टाउने र समृद्धि सुनिश्चित गर्ने पनि बताएका छन् । यसका लागि शिक्षा, रोजगारी, सामाजिक सेवा, विस्थापितलाई सहयोग, कृषि, व्यवसायलगायत सबै क्षेत्रमा लगानी गरिने पनि बताएका छन् ।

इजरायलद्वारा जारी पुनर्निर्माण योजना र दक्षिणी गाजामा भएको आक्रमणका बीच गाजाका जनता स्थायी रूपमा विस्थापित हुने डर बढ्दै गएको छ । तर, इजरायली सरकारका प्रवक्ता आयलोन लेवीले यस्तो डर निराधार भएको बताएका छन्।

इजरायली सेनाले हमासका आतङ्कीहरूलाई मात्र निशाना बनाएको छ । यस बाहेक इजरायलले गाजाका आम जनताको पुनर्स्थापनाका लागि पहल थालेको हो ।