काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीले उनलाई आज (मंगलबार) पक्राउ गरेको हो ।
उनले स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर दुरुपयोग गरेको पाइएको प्रहरीले जनाएको छ । गहतराजलाई आज सिंहदरबारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गहतराजले महान अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा स्नातक तह उत्तीर्ण भएको भनी नक्कली प्रमाण पत्र पेश गरेको पाइएको छ । गहतराजले प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भएको प्रमाणपत्र बनाएका थिए ।