काठमाडौंका यी स्थानमा आज साढे चार घण्टा विद्युत अवरूद्ध हुने



काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज चार घन्टादेखि साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।


११ केभी मुलपानी सब(स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत तार भूमिगतको काम गर्न भइरहेकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।