काठमाडौँ । नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज १६ केन्द्रीय नेताले आफ्नो धारणा राखेका छन् ।
बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने बताइएको छ ।
भोलि शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुन बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू राखेका थिए।