एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आजपनि जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले बिद्यान संसोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ आफनो धारणा राखिसकेका छन । केन्द्रिय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ ।


बिद्यानलगायत अन्य प्रस्तावहरु माथी छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिषयहरु माथी टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाईएको छ । 

आजको बैठक पनि बिहान ११: ०० बजे देखी सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।