उत्तर कोरियाद्वारा ‘अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक’ क्षेप्यास्त्र प्रक्षेपण



सोल । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो ।

उक्त क्षेप्यास्त्रले ७३ मिनेटसम्म हावामा रही १ हजार किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


यससँगै यस वर्षमात्रै उत्तर कोरियाले पाचौँ पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै दक्षिण कोरिया, अमेरिका र जापानले निन्दा गरेका छन् ।

गत साता दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार किम ताए ह्योले डिसेम्बर महिनाको कुनै समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उल्लेख गरेका थिए ।