आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान



काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । आज (शनिबार) सूचना प्रकाशित गर्दै रिक्त पदमा दरखास्त आह्वान गरेको हो । दरखास्तका लागि निगमले २१ दिनको समय सीमा तोकेको छ ।

निमगका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै अहिले निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।