अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ



दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा भने- ‘मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने  अवस्था होइन ।’ उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रुपान्तरण अभियान सुरु गरेको बताए । ‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।’


सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।