२ किलो सुन प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बरामद गरिएको सुन ओसारपसारमा संलग्न देखिएपछि एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले बताए । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्सबाट सुन बरामद गरेको थियो ।


रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।