हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै



काभ्रे। काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ ।

कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी ८१ वर्षीया श्रीमती असनी लामाको उपचार भइरहेको छ ।


सोमबार राति कोठामा झ्याल–ढोका बन्द गरेर हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । मंगलबार बिहान ८ बजेसम्म उनीहरु नउठेपछि छोराबुहारीले खोलेर हेर्दा दुवैजना बेहोस अवस्थामा फेला पारेपछि धुलिखेल अस्पताल लगेका थिए ।

तर, कर्माको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको र उपचार भइरहेको असनीको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।